Quantcast
Channel: StudentsNepal
Viewing all articles
Browse latest Browse all 251

तपाईलाई मन पर्ने MS-PAINT चाडै WINDOWबाट हट्दै छ ।।(भिडियो सहित)

$
0
0

हामी धेरैले बच्चा हुदा कम्पुटर चलाउन सिके लगतै पेन्ट गर्ने सिकेको सबैलाई अनुभव छ र यो हामीले निकै मनोरञ्जन लिग्दै सिक्दै र सिकाउदै आएका छौ । कम्प्युटर चलाउन सुरु गर्ने बेलामा सिक्षकले विद्यार्थीको हात बसाल्न होस् या कुनै केहि गर्न होस् माइक्रोसफ्टको बनिबनाउ(pre-built) सफ्टवेयर पेन्टको प्रयोग गराउने गरेको छ ।

तर जो जसलाई पेन्ट मन पर्छ उनीहरुको लागि दुखको खबर ! किनभने आफ्नो आउदो सेवा र सुविदा  थप र कटौती गर्ने  क्रममा माइक्रोसफ्टले धेरै function हटाउने घोसणा गरेको हो । यो घोसणा लगतै माइक्रोफ्ट पुरा मे महिना भरि मीडियाको  चर्चामा आयो । १९८५ बाट नै पेन्ट window मा preinstalled प्रोग्रामको रुपमा रहेको थियो भने अघिल्लो बर्ष नै माइक्रोसफ्टले पेन्टको नयाँ भर्जन 3D paint रिलिज गरेको थियो ।

घोसडा गरिएको लिस्टमा धेरै फिचरहरु हटाइनेछ  यसको अर्थ यो पनि भनेको छ कि जुन एप हटाईन्छ त्यो भने INSTALL भएको कम्पुटर मा रहेने नै छ तर यसका नया सेवा सुविधा भने अपडेट गरिने छैन । यो घोसडा लगतै माइक्रोसफ्टले निकै आलोचना खेपेको थियो त्यसको लगतै माइक्रोसफ्टले एक बिज्ञप्ति निकाल्दै भलै पेन्ट लगाएत अन्य सेवाहरु  हटाइनेछ तर पेन्ट भने माइक्रोसफ्टको स्टोरमा गएर फेरी डाउनलोड गर्न सकिनेछ ।

माइक्रोसफ्टको नया अपडेट कुर्दै गरेका हामीलाइ माइक्रोसफ्टले जे भने पनि यो पक्का पक्कि भै सकेको छ कि हाम्रो अति मन पर्ने एप MS Paint भने हट्ने छ । अव के हुन्छ आउने दिनमा थाहा त पक्कै हुन्छ त्यो दिनको पर्खाईमा हामी सबै छौ ।

अन्तर्राष्ट्रिय आइटी पत्रिकाहरुको सहयोगमा

भिडियो हेर्नुहोस :

The post तपाईलाई मन पर्ने MS-PAINT चाडै WINDOWबाट हट्दै छ ।।(भिडियो सहित) appeared first on News.


Viewing all articles
Browse latest Browse all 251

Trending Articles