नियमिततर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात ‘पास’
यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ ।
शुक्रबार बिहान प्रकाशित भएको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । नतिजा वेभसाइट, एसएमएस र नेपाल टेलिकमको आइभिआर सेवाबाट सकिने व्यवस्था मिलाईएको छ ।
परिक्षा नियन्त्रण कार्यालयले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी थिए । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो ।
सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसी भनेर नामकरण गरेको छ ।
नतिजा कसरी हेर्ने ?
एसइई परीक्षाको नतिजा website, sms र IVR बाट पनि प्रकाशित गर्ने भएको छ । नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com, याक पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।
The post यो वर्षको एसईई/slc परीक्षाको नतिजा सार्वजनिक appeared first on News.