Quantcast
Channel: StudentsNepal
Viewing all articles
Browse latest Browse all 251

कक्षा ११ आंशिकको नतिजा सार्वजनिक

$
0
0

neb-nepal

भक्तपुर – गत जेठमा सञ्चालन भएको कक्षा ११ को आँशिकको परीक्षाफल प्रकाशित भएको छ । परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत बर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : http://www.neb.gov.np

गत बर्ष सम्म नीयमित र आँशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो । एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जान्थ्यो । विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको नियन्त्रक सन्तोष अर्यालले बताए ।

‘कक्षा १२ पास भएका तर ११ मा १–२ विषय लागेर अघिल्लो तह पढ्नबाट बञ्चित विद्यार्थीलाई सहज होस् भनेर हामीले यस बर्ष देखि छुट्टा छुट्टै नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेका हौं’ उनले भने, ‘यसबाट विद्यार्थीको बर्ष खेर जाँदैन, यसलाई निरन्तरता दिने बोर्डको योजना छ ।’

अहिले सम्म आँशिक र नियमिततको कापि एउटै प्रकृयाबाट संकलन र परीक्षण हुँदैं आएको थियो । तर यस पटक परीक्षा हुनु भन्दा अघिनै छुट्टा छुट्टै संकलन गर्न निर्देशन दिएको र सोही अनुसार परीक्षणको प्रकृया पनि फरक बनाएर नतिजा सार्वजनिक गरेको अर्यालले बताए ।

कक्षा ११ को नीयमित तर्फको नतिजा भने पुस पहिलो साता सम्म सार्वजनिक गर्ने गरी काम भईरहेको उनले बताए । कक्षा ११ को परीक्षामा आँशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए ।

EDUKHABAR

The post कक्षा ११ आंशिकको नतिजा सार्वजनिक appeared first on News.


Viewing all articles
Browse latest Browse all 251

Trending Articles